• ५ आश्विन २०७८, मंगलवार
अफगानिस्तानमा हिंसा रोक्न ३१ प्रान्तमा कर्फ्यु

  • टाइम्स संवाददाता

  • १० श्रावण २०७८, आईतवार ०६:५९

तालिबानको आक्रमण बढेपछि अफगानिस्तानमा निषेधाज्ञा लागू भएको छ ।  हिंसा रोक्न र तालिबानले कब्जा गरेका ठाउँलाई नियन्त्रणमा लिन रातमा निषेधाज्ञा लगाइएकाे अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । ३४ प्रान्तमध्ये ३१ प्रान्तमा राति १० बजेदेखि बिहान ४ बजेसम्म निषेधाज्ञा लागू भएको हो । तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने धेरैजसो जिल्लामा कब्जा गरेको छ । हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुलसहित देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु लागू भएको अफगानिस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ता अहमद जिया जियालाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी सेना फिर्ता तयारीसँगै तालिबान समूहले देशभर हिंसाका घटना बढाएको छ ।

Nabintech