• ७ असार २०७८, सोमबार
आठ हजार ४६ थपिए, पाँच हजार ४५५ कोरोनामुक्त, १८७ को मृत्यु

  • टाइम्स संवाददाता

  • १ जेष्ठ २०७८, शनिबार १८:४२

नेपालमा कोरोनाभाइरसका आठ हजार ४६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा १७ लाख ५१ ह्जार ४८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित चार लाख ४७ हजार ७०४ पुगेको जनाएको छ । हाल एक लाख नौ हजार ७४० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच हजार ४५५ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म तीन लाख ३३ हजार १०८ जना निको भएका छन् । हाल ६७५ जना क्वारेन्टिनमा छन् । मन्त्रालयले चौबीस घण्टामा १८७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा चार हजार ८५६ जनाले ज्यान गुमाएका छन् ।

Nabintech