• ३ आश्विन २०७८, आईतवार
एक हजार ५४८ जनामा सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ७ भाद्र २०७८, सोमबार १७:५४

पछिल्लो २४ घण्टामा एक हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ७०४ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, दुई हजार ६२२ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९२४ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९७ पुगेको छ । सङ्क्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ५३३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech