• ४ आश्विन २०७८, सोमबार
एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, माधव नेपाल पक्ष नजाने

  • टाइम्स संवाददाता

  • ६ बैशाख २०७८, सोमबार ०८:१५

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ ।बैठक सोमबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताए । एमालेका अनुसारसो बैठकमा रा नीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ । यद्यपि कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएको झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरुले बैठकमा सहभागी नहुने बताएका छन् । एमाले उपाध्यक्ष एवम् माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरु बैठकमा सहभागी नहुने बताए । यो महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै उनले आफूहरु बैठकमा नजाने बताइन् । यसैबीच एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार यो बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै बैठक रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

Nabintech