• १३ श्रावण २०७८, बुधबार
कक्षा १२ को परीक्षा साउन अन्तिम साता

  • टाइम्स संवाददाता

  • २० असार २०७८, आईतवार ०७:२३

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन   अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ ।  भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि  अनुमति मागिएको जनाएको छ ।  बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि  सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए । अध्यक्ष पौडेलले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट गरे । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Nabintech