• १३ श्रावण २०७८, बुधबार
कोहलपुर नगरपालिकाद्धारा अपङ्गता भएका व्यक्तिलाई सहयोगि सामग्री वितरण

  • टाइम्स संवाददाता

  • १९ असार २०७८, शनिबार १७:२६

बाँकेको कोहलपुर नगरपालिकाले नगर भित्र रहेका विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगि सामाग्री वितरण गरेको छ । कोहलपुर नगरपालिका भित्रका ६३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई प्राविधिक नापजाँच सहित सहयोगि सामाग्री वितरण गरिएको हो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग, राष्ट्रिय अपाङ्ग महासंघ बाँकेको आयोजना तथा डेक नेपालको व्यवस्थापनमा कोहलपुर नगरपालिका भित्रका ६३ जना अपङ्गता भएका व्यक्तिहरुलाई सो सामाग्री वितरण गरिएको छ । उक्त वितरण गरिएका सामाग्रीहरु टाईसाईकल ८, बैशाखी ६ जोडि, श्रावण सामाग्री १० वटा, सेतो छडि ८ वटा, ट्याईलेट चियर ३ वटा, एल्बोफचेट ४ वटा, एलिस्टिक १ वटा र ह्यील चियर १८ वटा वितरण गरिएको छ ।
उक्त सामाग्री वितरण कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले नगरपालिका क्षेत्रभित्रका अपांग भएका व्यक्तिहरुको जीवन शैलीमा सहजता तथा सकरात्मक परिवर्तन ल्याउन अपांगता सहायता सामग्री वितरण गरेको बताएका छन् । साथै उनले नगरपालिका क्षेत्रमा भएका अपांग व्यक्तिहरुसँगै वृद्ध, वृद्धाहरुलाई समेत विशेष सम्बोधन गर्दै आएको उल्लेख गर्दै विभिन्न प्रकृतिका अपङ्गता भएका व्यक्तिहरुको उचित व्यवस्थापनका लागि राज्यले विशेष नीति लिन आवश्यक रहेको बताएका छन् । कार्यक्रममा बोल्दै संविधान सभाका सदस्य देबराज भारले नेपालको संविधान २०७२ले शारीरिक र मानिसक रुपमा अशक्त भएका व्यक्तिहरुको अधिकार सुनिश्चित भएको बताउँदै राज्यबाट पाउनुपर्ने सुविधा राज्यले उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ बाँकेकी अध्यक्ष दिपा कुमारी थापाले कोहलपुर नगरपालिकाले उपलब्ध गराएको सामाग्रीबाट अपाङ्ग भएका व्यक्तिहरुको दैनिक जीवन संचालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

Nabintech