• १३ श्रावण २०७८, बुधबार
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री नेपाली तथा मन्त्रीद्वारा शपथ ग्रहण

  • टाइम्स संवाददाता

  • ३० जेष्ठ २०७८, आईतवार ०६:५७

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।  आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले हिजाे साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।  प्रदेश प्रमुख पौडेलले हिजै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र)की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभयो । समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, प्रदेश सभा सदस्यलगायतको उपस्थिति थियो । -रासस

Nabintech