• १ असार २०७८, मंगलवार
चार हजार ३६४ सङ्क्रमित, १८ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १४ बैशाख २०७८, मंगलवार १७:२७

नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ६७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख सात हजार ९२५ पुगेको छ । हाल २६ हजार २२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार नौ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १६० मा पोजिटिभ पाइएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५५५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७८ हजार ५०६ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर ९०.५ प्रतिशतमा झरेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । कोरोना सङ्क्रमणले नेपालमा हालसम्म तीन हजार १९४ जनाको मृत्यु भएको हो ।

Nabintech