• ४ आश्विन २०७८, सोमबार
त्रिकोणात्मक टि-ट्वान्टी क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदै

  • टाइम्स संवाददाता

  • ४ बैशाख २०७८, शनिबार ०८:१२

त्रिकोणात्मक टि-ट्वान्टी क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । कीर्तिपुर मैदानमा सुरु हुने श्रृङ्खलामा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी हुँदैछन् । दिउँसो सवा १ बजे सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दैछन् । कोरोना सङक्रमण जोखिमलाई ध्यानमा राखेर कम दर्शकलाई प्रतियोगिता हेर्नका लागि प्रवेश गराउने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै खेलकुद लगायतका कार्यक्रममा भीड नगर्न अपिल गरिसकेको छ । यस्तै क्यानले त्रिकोणात्मक टि-ट्वान्टी श्रृङ्खलाको ट्रफी समेत सार्वजनिक गरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका कप्तान पिटर सिलर र मलेसिया कप्तान फैज अहमदले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

Nabintech