• १३ श्रावण २०७८, बुधबार
थप एक हजार ७२८ जना सङ्क्रमित, चारहजार ३४८ सङ्क्रमणमुक्त

  • टाइम्स संवाददाता

  • १५ असार २०७८, मंगलवार १९:०८

पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा  थप एक हजार ७२८ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार २५९ जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित भेटिएका हुन् । यस्तै, आठहजार ८४९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चारहजार ३४८ छ । यस्तै, पछिल्लो २४ घण्टामा २० जना बिरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार ७१ जनाको मृत्यु भएको छ ।

Nabintech