• ३ आश्विन २०७८, आईतवार
नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

  • टाइम्स संवाददाता

  • ७ भाद्र २०७८, सोमबार १८:२७

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ जर्सी सार्वजानिक गरेको छ ।  क्यानले केही समयअगाडि जर्सी डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा आव्हान गरेको थियो । डिजाइनरले एसीसी र आईसीसीको जर्सी प्रोटोकललाई ध्यान राख्दै नेपाली राष्ट्रिय झन्डासँग मिल्ने रंग संयोजनमा जर्सी डिजाइन गर्नुपर्ने सर्त अघि सारिएको थियो । प्रतिस्पर्धामार्फत प्राप्त ५ सयभन्दा बढी डिजाइनबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी सार्वजानिक गरिएको हो ।

जर्सी छनोटका लागि क्यानले बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माइ सेकेन्ड टिचरका आशिष सिग्देल सम्मिलित चारजनाको समिति बानाएको थियो नेपाली क्रिकेट टोली ओमानमा हुने पपुवा न्यूगिनीसँगको २ एकदिवसीय र अ‍ेमेरिका र ओमानसँग हुने त्रीकोणात्मक टी-२० सिरिजका लागि मंगलबार ओमान प्रस्थान गर्दैछ ।

Nabintech