• ५ आश्विन २०७८, मंगलवार
प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार थापा र स्वकीय सचिवलाई पुनः संक्रमण

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०७८, शनिबार १९:०७

धानमन्त्री केपी शर्मा ओलीको कोरोनाभाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ । प्रधानमन्त्रीसहित उनको सचिवालयका एक दर्जन व्यक्तिमा भाइरस परीक्षण गरिएको थियो । पीसीआर परीक्षण गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थापा र भण्डारीलाई भाइरसको पहिलो लहरमा संक्रमण पुष्टि भएको थियो ।  दुबै डोज कोभिसिल्ड खोप लगाएका सचिवालयमा कार्यरत रुपेश आचार्यको नतिजा पनि पोजेटिभ आएको छ ।

Nabintech