• ५ आश्विन २०७८, मंगलवार
बाँकेमा  कोरोना संक्रमणबाट एकको मृत्यु

  • टाइम्स संवाददाता

  • २ बैशाख २०७८, बिहीबार १७:३८

बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा–२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति १० बजे मृत्यु भएको हो । नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार नै गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टिभएसँगै अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा बुधबार राति मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको उनले बताए ।

Nabintech