• ३ आश्विन २०७८, आईतवार
बाँकेमा स्वास्थ्य मापदण्ड पालना गरी शिक्षण संस्था संचालन गर्न सकिने

  • टाइम्स संवाददाता

  • १७ भाद्र २०७८, बिहीबार १९:३९

बाँके जिल्लामा स्वास्थ्य मापदण्ड पालना गरी शिक्षण संस्था संचालन गर्न सकिने बताईएको छ । कोरोना भाईरसका कारण जारी लकडाउन र निषेधज्ञामा अन्य क्षेत्रजस्तै विद्यालयहरु पनि बन्द रहेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरी शिक्षण संस्था संचालन गर्न सकिने बताईएको छ । कोरोना महामारीसँगै बन्द भएका विदालयहरु खोल्न जिल्ला प्रकाशसन कार्यालय बाँके सकारात्मक देखिएको छ । यद्यपी विद्यालय खोल्न चाहेको खण्डमा स्थानिय तहहरुले जिल्ला कोभिड ब्यवस्थापन समितिसँग समन्वय गर्नुपर्ने भएको छ ।
बिहिबार जिल्ला प्रशासन कार्यालय बाँकेद्धारा जारी गरीएको सूचना अनुसार शैक्षिक संस्थाहरुले भौतिक उपस्थितीमा पठनपाठन गर्नै पर्ने भएका सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही संचालन गर्न सकिने उल्लेख गरीएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी गरीएको सूचनामा स्वास्थ्य मापदण्ड पालना गरी शिक्षण संस्था संचालन गर्न सकिने बताईएको हो । साथै स्वास्थ्य प्रोटोकलको पूर्णपालना गरी न्यूनतम सहभागीतामा धार्मिक चाडपर्वहरु मनाउन पनि सूचना मार्फत आह्वान गरीएको छ । सभा, जुलुश, महोत्सव जस्ता भिडभाडयुक्त गतिविधिहरु संचालनमा पूर्ण रोक लगाएको प्रशासनले अन्य ब्यवसायीक तथा सामाजिक गतिविधि संचालन गर्दा समेत स्वास्थ्य मापदण्डको पुरा पालना गर्न आग्रह गरेको छ ।

Nabintech