• १३ श्रावण २०७८, बुधबार
बेपत्ता भनिएका ७ जना सकुशल फेला

  • टाइम्स संवाददाता

  • ४ असार २०७८, शुक्रबार १३:१२

भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए​ ।  मङ्गलबारदेखि हराइरहेका  कुशे गाउँपालिका-८  औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र  वडा नं ९ का कृष्ण रोकाया आज बिहान मात्र भेटिएको प्रनाउ थापाले बताए । खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचार गरी अहिले खाना खुवाउने काम भएको उनले बताए । -रासस

Nabintech