६ बैशाख २०८१, बिहीबार
अक्सिजन अभावका कारण संक्रमीत विरामी भर्ना लिन नसक्ने

  • टाइम्स संवाददाता

  • २२ बैशाख २०७८, बुधबार १६:२३

कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार गर्दै आएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरले अब नयाँ संक्रमित बिरामीहरु भर्ना गर्न नसकिने जनाएको छ । अस्पतालले संक्रमित बिरामीहरुको उपचारका लागि आवश्यक हुने अक्सिजनको अभावका कारण अब नयाँ बिरामीहरु भर्ना गर्न नसकिने जनाएको हो । ३ सय बेडको कोभिड डेडिकेटेड अस्पताल सञ्चालनको तयारी गरेको मेडिकल कलेजले एक्कासी अक्सिजनको अभावकै कारण यो सञ्चालन गर्न नसकिएको जनाएको हो । हाल अस्पतालले १ सय ३५ कोभिड बेडमा बिरामीहरुको उपचार गरिरहेको छ । अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पिएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डरबाट बिरामीहरुको उपचार गर्दै आएको थियो । सबैभन्दा भरपर्दौ लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट समेत नआईरहेकाले हाल उपचारमा रहेका बाहेकका बिरामीहरु भर्ना गर्न नसकिने अस्पतालले जनाएको हो । बुधबार अस्पतालका निर्देशक डा.सुरेश कुमार कनोडियाले एक विज्ञप्ती सार्वजनिक गर्दै कोरोना संक्रमित बिरामीको उपचारका लागि अस्पताल गम्भीर रहेको भन्दै सरकारले भारतबाट लिक्विड अक्सिजन ट्याङ्क चाडै उपलब्ध गराए अस्पतालले तुरुन्त ३ सय बेडको कोभिड डेडिकेटेड अस्पताल सञ्चालन गर्ने जानकारी दिएका छन् । अस्पतालले सरकारलाई समस्या समाधानका लागि सहयोग गरिदिन आग्रह समेत गरेको छ ।

 

हेर्नुहोस् अस्पतालले जारी गरेको विज्ञप्ती

Nabintech