७ बैशाख २०८१, शुक्रबार
अबैध हतियार दुई भरतीय नागरिकसहित ३ जनालाई पक्राउ

  • टाइम्स संवाददाता

  • २८ चैत्र २०७७, शनिबार २०:०५

बाँके प्रहरीले अबैध हतियार दुई भरतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कटुवा पेस्तोलसहित तीन जना पक्राउ परेका हुन । उनीहरु कोहलपुरको हाइस्कूल चोक नजिक पैदल हिडिरहेको अवस्थामा भारतको जिल्ला बहराइच बाबागञ्जका २० वर्षिय महताप्रसाद खटिक र नकछेद पासी तथा कोहलपुर नगरपालिका वडा नं १४ बस्ने बर्ष ३२ का सुरज लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र गोली एक थान बरामद गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रविन्द्र खनालले जानकारी दिए । उनले विशेष सूचनाका आधारमा जाँच गर्दा खटिकले कम्मरमा लुकाएको अवस्थामा बरमद भएको बताए । प्रहरीले पक्राउ परेका तीनै जनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Nabintech