८ बैशाख २०८१, शनिबार
अमेरिकाले एक सय वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप दिने

  • टाइम्स संवाददाता

  • २७ जेष्ठ २०७८, बिहीबार ०७:०९

मेरिकाले एक सय वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो दुई वर्षभित्र संसारभरका कम आय भएका एक सय वटा देशलाई ५० करोड डोज खोप उपलब्ध हुने बताएको बीबीसीले जनाएको छ । अमेरिकाले यो वर्ष २० करोड र सन् २०२२ को पहिलो ६ महिनामा ३० करोड डोज खोप वितरण गर्ने योजना बनाएको पनि बाइडेनको भनाइ उदृत गर्दै खबरमा उल्लेख छ । खोप पाउने देशमध्ये ९२ वटा निम्न आय भएका र बाँकी ८ वटा अफ्रिकन युनियनका सदस्य रहनेछन् । अमेरिकी राष्ट्रपति बाइडेनले बेलायतको भ्रमणमा जानुअघि विमानस्थलमा पत्रकारहरुसँग खोप वितरणको जानकारी दिए पनि ह्वाइटहाउस प्रशासनले भने यो बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

Nabintech