८ बैशाख २०८१, शनिबार
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने, आवश्यक सतर्कता अपनाउन आग्रह

  • टाइम्स संवाददाता

  • २९ जेष्ठ २०७८, शनिबार ०७:१४

मनसुन भित्रिएसँगै देशका धेरै ठाउँमा पानी परेको छ । गएको वर्ष मनसुन फैलिएको एक हप्तापछि देशभर पानी परेकोमा यसपटक सुरुवातमै पानी पर्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, दुई र वाग्मती प्रदेशमा भित्रिएको मनसुन यसपालि अलि छिट्टै देशभर फैलिने मौसमविद्ले बताएका छन् । यस वर्षको मनसुनमा पूर्वमा प्रदेश एक र दुईको तराई क्षेत्रबाहेक धेरैजसो ठाउँमा मौसम प्रतिकूल रहने अनुमान छ । अहिले पूर्वका एक/दुई ठाउँमा पानी परिरहेको छ । आज पूर्व र मध्य क्षेत्रमा मौसम पूर्ण बद्ली तथा सुदूरपश्चिम र लुम्बिनीमा आंशिक बद्लीको अवस्था रहेकाले धेरै ठाउँमा पानी पर्ने महाशाखाको पूर्वानुमान छ । साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । पूर्वी र मध्य क्षेत्रमा उत्तर पश्चिम बङ्गालको खाडी र आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव तथा पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको महाशाखाले जनाएको छ ।

Nabintech