७ बैशाख २०८१, शुक्रबार
आदीवासी जनजातिहरुको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड

  • टाइम्स संवाददाता

  • ५ भाद्र २०७८, शनिबार १७:४८

नेपाल आदिवासी, जनजातिहरुको अधिकार सुनिश्चित हुनुपर्ने बताईएको छ । नेपाल आदिवासी जनजाति महासंघ कोहलपुर नगर कमिटिको आयोजनामा सम्पन्न प्रथम बृहत अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेपालका आदिवासीहरुको अधिकार सुनिश्चित नभएको बताएका छन् । नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रीक शासन व्यवस्था आएपनि नेपालका आदिवासी जनजातिहरुको अधिकार नपाईएको बताएका छन् । सो कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर बहादुर थापा मगरले आदिवासी जनजातिहरुले नेपालको राजनैतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै राज्यको नीति निर्माणमा आदिवासी जनजातिहरुको पहुँच पुग्न नसकेको बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले राज्यको नीतिनिर्माण तहमा आदिवासी जनजातिहरुको सहभागिता नहुँदा नेपालका आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित हुन नसकेको बताएका छन् । कार्यक्रममा बोल्दै आदीबासी जनजाति महासंघ नगरकमिटि कोहलपुरका अध्यक्ष कृष्ण बहादुर पुन मगरले कोहलपुर क्षेत्रको विकास र समृद्धिका लागि आदिवासीहरुले विभिन्न योगदान गरिरहेको बताउँदै नेपालका सम्पूर्ण आदिवासी जनजातिहरु एक हुनुपर्ने बताएका छन् । कार्यक्रमको सहजिकरण प्रेम गुरुङ गरेको थिए भने कार्यक्रममा आदिवासी जनजातिहरुको सहभागिता रहेको थियो ।

Nabintech