१६ चैत्र २०८०, शुक्रबार
आरटीपीसीआर परीक्षणमा एकहजार २२७ सङ्क्रमित, २५५ निको

  • टाइम्स संवाददाता

  • ६ बैशाख २०७८, सोमबार १७:४७

नेपालमा कोरोनाभाइरसका एकहजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार एक जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एकहजार २२७ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ । नेपालमा अहिलेसम्म २३ लाख ५२ हजार ५०२ वटा आरटीपीसीआर परीक्षण गरिएको छ । यस्तै, मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ ।  ५४७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार नाैसय पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा २५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७५ हजार ५५५ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल सात हजार २५४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । अहिले ८१ जना हाल क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा  आठजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । याेसँगै नेपालमा तीनहजार ९१ जनाकाे मृत्यु भएकाे छ ।

Nabintech