१५ चैत्र २०८०, बिहीबार
इङ्ग्ल्यान्ड र श्रीलङ्काबीचको अन्तिम एक दिवसीय क्रिकेट रद्द

  • टाइम्स संवाददाता

  • २१ असार २०७८, सोमबार ०७:२२

घरेलु टिम इङ्ग्ल्यान्ड र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट रद्द भएको छ। वर्षाका कारण खेल हुन नसकेपछि अन्तिम एक दिवसीय  क्रिकेट नतिजा विहीन भएकाे हो । इङ्ग्ल्यान्डको काउन्टी ग्राउन्ड ब्रिस्टोलमा श्रीलङ्काले इङ्ग्ल्यान्डलाई १ सय ६७ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४१ ओभर एक बलमा अलआउट हुँदै एक सय ६६ रन बनायो । उसका लागि दसुन सनाकाले सर्वाधिक ४८ रन बनाए । इङ्ग्ल्यान्डका टम कुरानले चार विकेट लिए । तर, पटक पटक पानी परेपछि इङ्ग्ल्यान्डले जवाफी ब्याटिङ गर्न नपाएपछि खेल रद्द भएको हो ।

अन्तिम खेल नतिजा विहीन भएसँगै इङ्ग्ल्यान्डले ३ खेलको श्रृङ्खला २–० ले जितेको छ । अघिल्ला दुई खेलमा इङ्ग्ल्यान्ड श्रीलङ्कालाई हराएको थियो । त्यस्तै इङ्ग्ल्यान्डले तीन खेलको ट्वान्टी ट्वान्टी श्रृङ्खला पनि ३–० ले जितेको थियो।

Nabintech