१५ चैत्र २०८०, बिहीबार
ईलाका प्रशासन कार्यालय कोहलपुरले एक वर्षमा ५४ लाख राजश्व संकलन

  • टाइम्स संवाददाता

  • ८ श्रावण २०७८, शुक्रबार १७:१३

बाँकेको कोहलपुरमा रहेको ईलाका प्रशासन कार्यालय कोहलपुर बाँकेले आर्थिक वर्ष २०७७÷०७८ मा ५४ लाख २५ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । ईलाका प्रशासन कार्यालय कोहलपुर बाँकेका कार्यालय प्रमुख दिपेन्द्र रावलले आर्थिक वर्ष २०७७÷०७८ मा ईलाका प्रशासन कार्यालय कोहलपुर बाँकेले सम्पन्न गरेका गतिविधिहरुको बारेमा जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा एक वर्षको अवधिमा राहदानी सिफारिसबाट ५४ लाख २५ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको बताएका छन् । साथै ईलाका प्रशासन कार्यालय कोहलपुर बाँकेले आर्थिक वर्ष २०७७÷०७८मा चार हजार २ सय १२ नयाँ नागरिकता, १७ सय ६२ प्रतिलिपि नागरिकता, १० वटा अंगिकृत नागरिकता, ६ वटा नाबालक परिचय पत्र, छ सय ४४ राहदानी वितरण, १५ सय ११ राहदानी सिफारिस तथा तीन सय ४६ वटा अन्य विभिन्न सिफारिस तथा प्रमाणिकरण गरिएको कार्यालय प्रमुख रावलले बताएका छन् ।
कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका वडा नं. १,२,८,९ र बैजनाथ गाउँपालिकाको वडा नं. ८ बाहेक सबै वडाहरुलाई कार्य क्षेत्र बनाएर २०७३ सालमा स्थापना भएको ईलाका प्रशासन कार्यालय कोहलपुरले नयाँ तथा प्रतिलिपि नागरिकताहरु जारी तथा वितरण गर्ने, जात तथा वर्ग प्रमाणित, राहदानी सिफारिस तथा वितरण, विभिन्न प्रमाणपत्रहरु प्रमाणिकरण तथा सिफासिर, बजार लगायत विभिन्न क्षेत्र तथा कार्यालयहरुको अनुगमन, समन्वय तथा रिपोर्टिङ, नागरिकहरुको उजुरी तथा गुनासो सुनुवाई तथा अन्य तोकिएका कार्यहरु गरिरहेको जानकारी दिँदै वडा तहबाट गलत सिफारिस हुँदा केहि काम गर्न असहज हुने उनले बताएका छन् । ईलाका प्रशासन कार्यालय कोहलपुर बाँकेले भौतिक रुपमा कार्यालयको बाह्य वातावरणमा सुधार गरी सेवा ग्राही मैत्री तुल्याईएको, सेवाग्राहीलाई सेवाको सूचनाका लागि विभिन्न संकेत तथा भित्ते लेखन गरिएको, सेवालाई व्यवस्थित तथा अनुमान योग्य तुल्याउन टोकन प्रणाली लागु गरिएको, प्रत्येक महिनाको मासिक प्रतिवेदन नियमित रुपमा सूचना तथा वेवसाइट मार्फत सार्वजनिक गर्ने गरिएको लगायतका कामहरु आर्थिक वर्ष २०७७÷७८मा सम्पन्न भएको शाखा अधिकृत समेत रहेका कार्यालय प्रमुख रावलले बताएका छन् ।
यसका साथै कार्यालय भवन निर्माणको लागि जग्गा प्राप्ती गर्ने, भवन निर्माण गर्ने, डिजिटल बडापत्र राख्ने, अनुमानयोग्य व्यवस्थित र छरितो सेवा प्रवाह गर्ने लगायतको आगामि योजनाहरु रहेको बताउँदै कार्यालयको आफ्नै भवनको अभावमा व्यवस्थित सेवा प्रवाह तथा पुराना अभिलेखको संरक्षण गर्न कठिन भएको, नागरिक स्तरमा व्यक्तिगत तथा पारिवारिक घटना तथा स्थानान्तरण सम्बन्धित सम्पूर्ण संरक्षण सम्बन्धि वेवस्ता हुनु, नागरिक स्थानिय तह र प्रशासनका बिच उचित समनन्वय तथा अन्र्तसम्बन्धको अभाव रहँदा सेवा प्रवाहमा जटिलता रहेको लगायतका चूनौतिहरुको रहेको उनले बताएका छन् ।

Nabintech