१५ चैत्र २०८०, बिहीबार
उत्तराखण्डमा फेरि फुट्यो हिमताल, सतर्क रहन सरकारको आग्रह

  • टाइम्स संवाददाता

  • ११ बैशाख २०७८, शनिबार ०७:२८

भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको सूचना आएको उत्तराखण्ड सरकारले जनाएको छ ।  सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले पूरा जानकारी लिन कठिन भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा पूरा विवरण आउनसक्ने बताएका छन् । सो क्षेत्रमा आवादी कम भएकाले धेरै क्षति नभएको अनुमान गरिएको छ ।

बोर्डर रोड अर्गनाइजेसनका कमाण्डर कर्णेल मनिष कपिलले यो क्षेत्रमा भारतले सडक निर्माणको काम जारी राखेको र सो क्षेत्रमा अहिलेसम्म कोही पनि हताहत नभएको बताएका छन् । जोशीमठ–मलारी सडकखण्ड भने हिउँले ढाकिएको छ । त्यसैले केही व्यक्तिहरू फसेको हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् । त्तराखण्डका मुख्यमन्त्री तिरथ सिंह रावतले हिमताल फुटेको सूचना आएकाले सतर्क रहन सूचना जारी गरेका छन् । कुनै अप्रिय घटना नहोस् भनेर केही परियोजनाहरुमा रातिको समयमा काम नगर्न निर्देशनसमेत दिइएको उनले जानकारीसमेत दिएका छन् । ।

ट्वीट

यसअघि उत्तराखण्डमै हिमताल फुटेर अलनन्दा नदीमा आएको बाढीमा परी ५० जनाको मृत्यु भएको थियो केही बेपत्ता छन् । यो घटनामा केही नेपाली मजदुरहरु पनि परेका छन् । भारतमा १० हजारभन्दा धेरै हिमताल रहेको बताइन्छ जसमध्ये उत्तराखण्डमा मात्र करिब १५ सय हिमताल छन् ।

Nabintech