१३ बैशाख २०८१, बिहीबार
उपप्रमुख चौधरीको पहलमा कोभिड अस्पतालका लागि अक्सिजनको व्यवस्था

  • टाइम्स संवाददाता

  • १३ बैशाख २०७८, सोमबार ०८:४३

बाँकेमा कोरोना भाईरसको जोखिम बढेसँगै स्थानिय तहहरुले अक्सिजन सहितको वार्डहरु निर्माण गर्न लागिरहेका छन् । बाँकेको कोहलपुर नगरपालिका निर्माण गर्न लागेको अक्सिजन सहितको अस्थायी कोभिड अस्पतालका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन उपप्रमुख सञ्जु कुमारी चौधरीले गर्ने पहल गरेकी छिन् । उपप्रमुख चौधरीको पहलमा एच. ओ. अक्सिजन कम्पनीका संचालक बिक्रम शाह तथा कोहलपुर उद्योग बाणिज्य संघका एशोसियट सदस्य दिप नारायण श्रेष्ठ र कोहलपुर उद्योग वाणिज्य संघका सदस्य यज्ञ प्रसाद सुवेदी कोहलपुरमा सञ्चालनमा आउने कोभिड अस्पताललाई आवश्यक पर्ने अक्सिजनको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । कोरोना भाईरसको महामारीबाट पछिल्लो समय कोहलपुर उच्च जोखिममा रहेकाले कोहलपुर नगरपालिकाले अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालन गर्न लागेको उपप्रमुख सञ्जु कुमारी चौधरीले बताएकी छिन् । साथै उनले महामारीको समयमा आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दै कोभिड अस्पताललाई चाहिने आवश्यक अक्सिजनको व्यवस्था तत्कालका लागि गरिएको बताएकी छिन् । कोहलपुर नगरपालिकाले अक्सिजन सहितको २५ वार्डको अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।

Nabintech