७ बैशाख २०८१, शुक्रबार
एक हजार २२३ सङ्क्रमण पुष्टि, एक हजार ६६७ संक्रमणमुक्त

  • टाइम्स संवाददाता

  • ३ श्रावण २०७८, आईतवार १७:२९

पछिल्लो २४ घण्टामा एक हजार २२३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार ६२८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६६७ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ५५० जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech