१७ चैत्र २०८०, शनिबार
एक हजार २३७ जनामा सङ्क्रमण पुष्टि, एक हजार ४३२ जना सङ्क्रमणमुक्त

  • टाइम्स संवाददाता

  • २७ असार २०७८, आईतवार १८:३०

पछिल्लो २४ घण्टामा थप एक हजार २३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पाँच हजार ५३५ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार ६८३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५९४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २० जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ३८२ जनाको मृत्यु भैसकेको छ ।पछिल्लो २४ घण्टामा एक हजार ४३२ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५८ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech