८ बैशाख २०८१, शनिबार
एक हजार ४२४ जनामा सङ्क्रमण पुष्टि, ३० जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ५ भाद्र २०७८, शनिबार १७:५३

पछिल्लो २४ घण्टामा एक हजार ४२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ७०३ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पाँच हजार ३७२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ९५ हजार ९१२ पुगेको छ । सङ्क्रमणका कारण थप ३० जनाको मृत्यु भएको छ । योसँगै दश हजार ४८५ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech