७ बैशाख २०८१, शुक्रबार
एक हजार ५१६ सङ्क्रमित थपिए, दुई हजार २२२ निकाे, २७ को मृत्यु

  • टाइम्स संवाददाता

  • १२ भाद्र २०७८, शनिबार १७:३०

पछिल्लो २४ घण्टामा एक हजार ५१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ४०९ जनामा गरिएको आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै तीन हजार ७६७ जनामा गरिएको एन्टीजेन परीक्षमा ३४१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ५८ हजार ८ पुगेको छ । हालसम्म ३८ लाख ८६ हजार ८७८ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हाल ३६ हजार ८६६ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा दुई हजार २२२ जना कोरोनामुक्त भएका छन् । हालसम्म सात लाख १० हजार ४५० जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ६९० जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech