८ बैशाख २०८१, शनिबार
एक हजार ५४९ सङ्क्रमण पुष्टि, दुई हजार ५० संक्रमित निको

  • टाइम्स संवाददाता

  • १० श्रावण २०७८, आईतवार १७:३७

पछिल्लो २४ घण्टामा एक हजार ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ५६९ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ५० जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ७१३ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.५७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech