४ बैशाख २०८१, मंगलवार
एक हजार ७४५ सङ्क्रमण पुष्टि, दुई हजार २११ जना सङ्क्रमणमुक्त

  • टाइम्स संवाददाता

  • २१ असार २०७८, सोमबार १७:४६

पछिल्लो २४ घण्टामा थप एक हजार ७४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ४९८ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार २८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार २४८ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा दुई हजार २११ जना सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech