१३ बैशाख २०८१, बिहीबार
एक हजार ८६२ जनामा सङ्क्रमण पुष्टि, ४४ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७८, बुधबार १७:१५

पछिल्लो २४ घण्टामा एक हजार ८६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ७११ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पाँच हजार ५७९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६२० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७८१ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३९ हजार ६४ जना पुगेको छ । सङ्क्रमणका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ६१२ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech