१५ चैत्र २०८०, बिहीबार
एक हजार ९४७ सङ्क्रमित थपिए, २० जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ३० श्रावण २०७८, शनिबार १७:३४

पछिल्लो २४ घण्टामा एक हजार ९४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा आठ हजार ६६७ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३२० जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २० जनाको मृत्यु भएको छ । योसँगै दश हजार २५९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार ७८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिले ३९ हजार ४०५ जना सक्रिय सङ्क्रमित छन् । जसमा ७६० जना सघन कक्षमा र १८६ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएको छ । त्यस्तै ३६ हजार दुई जना होम हाइसोलेशनमा, ३४ सय तीन जना संस्थागत आइसोलेशनमा र ४११ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech