१६ चैत्र २०८०, शुक्रबार
एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा मण्डलको उम्मेद्वारी

  • टाइम्स संवाददाता

  • २ जेष्ठ २०७८, आईतवार १६:३४

बोष्टन, अमेरिका/ नेपालको सर्लाही घर भइ अमेरिकाको बोष्टनमा लामो समयदेखि बस्दै आएका चन्द्रदेव मण्डलले गैरआवासीय नेपाली संघ समन्वय परिषद् अमेरिका (एनआरएनए) मा उम्मेवारी दिएका छन् । उनले एनआरएनए सीसीको बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएका छन् । उनी सन् २०२१ देखि २०२३ का लागि उम्मेद्वार बनेका छन् । उनी एक दशकदेखि नेपालीको हितका लागि बोष्टनमा काम गर्दै आइरहेका छन् । मण्डल विगत एक दशक भन्दा बढी अमेरिकाको बोष्टनलाई कर्मथलो बनाएर काम गर्दै आइरहेका छन् । उनी लगभग एक दर्जन भन्दा बढी स्थानीय संघसंस्थासँग आबद्ध रही नेपाली तथा नेपालको पहिचान सम्बद्र्धन गर्ने कार्य गर्दै आइरहेका छन् ।
बोष्टनमा कसैलाई केही समस्या परेको थाहा पाउने बित्तिक्कै मण्डल सहयोगका लागि पुगिहाल्छन्, बोष्टनमा कार्यरत एक आप्रवासी नेपालीले बताए । उनले भने, ‘मण्डल सहयोगी र कमलो मन भएको व्यक्ति हुन । कसैलाई समस्या पर्यो की पुगी हाल्छन् । र उनी जहिले पनि सामाजिक कार्यमा लागि रहन्छन्’, उनले भने ।
बोर्ड आफ डाइरेक्टरमा किन उम्मेद्वारी भन्ने प्रश्नमा उनले भने, ‘मेरो उम्मेद्वारी नेपालबाट डिभी परेर, अध्ययन गर्न तथा अरु कामले अमेरिका आएर समस्यामा परेकाहरुलाई सहयोग गर्नेका लागि हो । उदाहरणको लागि पहिलो त डिभी परेरकाहरुलाई स्पोन्सरसिपको समस्या हुन्छ । अनि अमेरिका आइसकेपछि काम वा कहाँ बस्ने भन्ने समस्या हुन्छ । यस्तो अवस्थामा म अमेरिका बस्ने साथीहरु र संघ संस्थाहरुसँग समन्वय गरेर समस्याको समाधानका लागि पहल गर्छु ।’ उनले अगाडि भने, ‘विद्यार्थीहरुका पनि समस्या छन् । भर्नाका, छात्रबृत्तिका तथा बसोबासका समस्याहरु छन् । त्यस्तै अमेरिकामा रहेका नेपालीका समस्या छन् । हरेक दिन जसो कोही न कोही समस्यामा परेकै हुन्छन् । यसका लागि पनि म निर्वाचित भएपछि संस्थागत पहलका लागि समन्वय गर्नेछु । साथै, अझ बढी त विभिन्न माध्यमबाट अमेरिका आएका नेपालीका त समस्या नै समस्या छन् । तिनलाई सहयोग अझ बढी चाहिएको हुन्छ । म त्यसका लागि पनि लागिपर्छु ।’ ‘अमेरिकामा धेरै नेपाली समाज छन् । सबैले आआफ्नो ढंगले काम गरीरहेका छन् । उनीहरुबीच समन्वयको अभाव रहेको छ । म निर्वाचित भएपछि संस्थाको पहलमा समन्वयको लागि कुरा उठाउछु । र, साथै नेपाली भाषा, संस्कृति तथा धर्मको पहिचान तथा संरक्षणका लागि पनि व्यक्तिगत तथा संस्थागत पहल र समन्वयकारी भूमिका खेल्नेछु’, उनले भने । अमेरिकामा रहेका विभिन्न संस्थाहरुसँग मण्डलको सम्पर्क तथा सम्बन्ध सुमधुर रहेकाले उनी बोष्टनमात्र नभएर अमेरिकाकै बलियो उम्मेदवार रहेको श्रोतले जानकारी दिएका छन् ।

Nabintech