७ बैशाख २०८१, शुक्रबार
एमालेको १० औं महाधिवेशन आयोजक समिति खारेज, १८ गते केन्द्रीय कमिटीको बैठक बस्ने

  • टाइम्स संवाददाता

  • १६ असार २०७८, बुधबार १५:४२

नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई  केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ । दशौं महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएसँगै माधवकुमार नेपालसहित ११ जनामाथिको कारबाही स्वत: निष्प्रभावी भएको प्रवक्ता ज्ञवालीले बताए । बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनित गर्ने निर्णय पनि गरेको छ । बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले बताए । त्यस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ । त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको ज्ञवालीले बताए । वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

Nabintech