११ बैशाख २०८१, मंगलवार
एमाले अध्यक्ष ओली आज बाँके आउँदै

  • टाइम्स संवाददाता

  • ६ आश्विन २०७८, बुधबार ०७:०१

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बाँके आउने भएका छन् । नेकपा एमाले बाँकेको आयोजनामा हुन लागेको जिल्ला स्तरिय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बाँके आउने भएका हुन् । अध्यक्ष ओली आउने भएपछि एमाले कार्यकर्ताले सोहि अनुसारको तयारी गरिरहेको एमाले बाँकेका जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए । पहिला बर्दियामा सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिंदै अध्यक्ष गुरुङले बाँकेमा भने दिउंसो १ बजे नेपालगञ्जको होटल शिद्धार्थ भ्युमा आयोजित कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । ओलीको स्वागतका लागि मोटरसाइकल ¥याली निकालेर बर्दिया सम्म पुग्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए । साथै सो कार्यक्रमलाइृ सफलता पुर्वक सम्पन्न गर्नका लागि आवश्यक तयारी तीव्र पारिएको अध्यक्ष गुरुङले बताएका छन् ।

Nabintech