८ बैशाख २०८१, शनिबार
एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ चयन

  • टाइम्स संवाददाता

  • २३ भाद्र २०७८, बुधबार १७:२९

१० बुँदे सुझाव कार्यान्वयन गर्दै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा नेकपा एमालेले नेतृत्व चयन गरेको छ । नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ चयन भएका छन् । यस्तै उपाध्यक्षमा किस्मत कुमार कक्षपति, सचिवमा रत्न खत्री र उपसचिवमा प्रमोद धिताल चयन भएका छन् ।  यस्तै बर्दियामा लालबहादुर श्रेष्ठ अध्यक्ष भएका छन् भने शालिकराम अधिकारी उपाध्यक्ष, पदम ढकाल सचिव र नुतन चौधरी उपसचिवमा चयन भएका छन् । दाङमा टिकाराम खड्का अध्यक्षमा चयन हुँदा हुकुम बस्नेत उपाध्यक्ष, मनोहर बुढाथोकी सचिव र उपसचिवमा कृष्ण भुसाल चयन भएका छन् । रोल्पामा बालराम बुढा, रुकुमपूर्वमा टोपबहादुर वली, प्युठानमा तुलसी शर्मा, अर्घाखाँचीमा चेतनारायण आचार्य, गुल्मीमा मधुकृष्ण पन्त, पाल्पामा नारायण आचार्य, कपिलवस्तुमा झविलाल पोखरेल, पश्चिम नवलपरासीमा तुलसी पासी र रुपन्देहीमा शिवराज सुवेदीको नेतृत्वमा समिति चयन भएको छ ।

Nabintech