७ बैशाख २०८१, शुक्रबार
एमाले बाँकेद्धारा आकस्मिक रक्तदान, ३१ जनाले गरे रक्तदान

  • टाइम्स संवाददाता

  • १४ जेष्ठ २०७८, शुक्रबार १७:०७

बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले बाँके जिल्ला कमिटिले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ नेकपा एमाले बाँके जिल्ला कमिटिद्धारा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले बाँके जिल्ला अध्यक्ष अशोक कोइरालाले कोरोना भाईरसको महामारीमा कसैको जीवनमा रगत अभावकै कारण समस्या आउन नहुने भन्दै एमाले बाँकेले रक्तदान कार्यक्रम आयोजना गरेको बताएका छन् । नेकपा एमाले बाँके जिल्ला कमिटि सचिवालय सदस्य अब्दुल हुसेन खाँले कोरोना भाईरसका बिरामी र तिनका कुरुवालाई एमाले बाँकेले संचालन गरेको भान्सा घरसँगै रक्तदान कार्यक्रमलाई विशेष जोड दिईरहेको बताएका छन् । साथै उनले रगत अभाव भएको सूचना ब्लर्ड बैंकले आफुहरुलाई दिए तत्काल रक्तदान कार्यक्रमको आयोजना गर्ने बताएका छन् । साथै उनले कोरोना भाईरसको महामारीको समयमा रक्तदान गरी मानविय सेवामा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् । नेकपा एमाले बाँकेले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना भाईरसका विरामी र तीनका कुरुवाका लागि भान्सा घर संचालनमा ल्याएको छ भने शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ ।

Nabintech