८ बैशाख २०८१, शनिबार
एम्बुलेन्सको ठक्करबाट एकजनाको निधन

  • टाइम्स संवाददाता

  • १७ श्रावण २०७८, आईतवार ०७:४०

बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ९ मा एम्बुलेन्स ठक्कर दिँदा एकजनाको निधन भएको छ । कोहलपुर नगरपालिका वडा नं. ९ को बाबानगरमा लायन्स क्लब अफ नेपालगञ्जको भे १ च ५८६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा अन्दाजि ४५ वर्ष वर्षिय पुरुषको निधन भएको छ । मृतकको पहिचान खुल्न भने नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकले न्यू बागेश्वरी एकेडेमी कलेज लेखिएको यूनिफर्म लगाएको पाईएको छ ।

Nabintech