१५ चैत्र २०८०, बिहीबार
कम्युनिष्ट आन्दोलन असफल पार्न खोज्ने तत्वलाई सफल हुन दिन्नौंः प्रधानमन्त्री ओली

  • टाइम्स संवाददाता

  • ३१ चैत्र २०७७, मंगलवार ०७:०१

धानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने नक्कली तत्वहरु सल्बलाइरहेको बताउनुभएको छ । कम्युनिष्ट विरोधी, लोकतन्त्र विरोधी तत्वहरुलाई सफल हुन नदिइने उहाँले बताउनुभयो । नेपाल उत्पीडित जातीय मुक्ति समाजले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभएकाे हाे  पार्टी फोड्न एकथरी तत्वहरु लागि परे पनि आफूलाई केही फरक नपर्ने उहाँले बताउनुभयो । कम्युनिष्ट आन्दोलन समाप्त पर्ने उद्देश्यका साथ ती तत्वहरु लागेको उहाँले टिप्पणी गर्नुभयो । “मलाई निकाले, ईश्वर पोखरेललाई निकाले, अरु साथीहरुलाई पनि निकाले तर हामीले त कसैलाई निकालेका छैनौं” उहाँले भन्नुभयो । प्रदेशमा पनि सदस्यहरु निकाल्ने काम माधव पक्षले गरिरहेको उहाँले बताउनुभयो ।

“धित मरुन्जेल नेता कार्यकर्ता निकाल्नुस्, फेरि यो अवसर प्राप्त हुँदैन” उहाँले भन्नुभयो । लोकतान्त्रिक प्रणालीको माला जपेर असफल पार्ने केही तत्वहरु लागिपरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संघीयताको नारा जपेर नथाक्ने तर त्यसलाई असफल बनाउनेतिर लाग्नेहरु अहिले देखिएका छन् ।” अपवित्र गठबन्धन गरेर अग्रगमनलाई ढाल्ने, अस्थिरता कायम गर्न केही शक्ति उद्यत रहेको उहाँले बताउनुभयो । “द्वेष फैलाउने, घृणा फैलाउने, फाटो बढाउने, अनेकता मच्चाउने मात्र काम भइरहेको छ” प्रधानमन्त्री ओलीले थप्नुभयो, “देशमा वितण्डा मच्चाएर लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पार्ने प्रयास भइरहेको छ, त्यो हामीले देखेकै हो ।” वामपन्थी शक्तिलाई एकजुट बनाउन आफूले हर प्रयास गरे पनि त्यसलाई असफल बनाउने काम भएको बताउनुभयो । मलाई नै पार्टीको साधारण सदस्यबाट निकाल्ने काम भयो तपाईंहरुले देख्नुभयो नि उहाँले चर्चा गर्नुभयो । केही पनि गर्न नसक्नेहरु आफ्नो राजीनामा मागिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मसँग बहुमत छ, किन राजिनामा दिनु ? सक्नुहुन्छ भने समर्थन फिर्ता लैजानुस् ।” चुनावमा टिकट दिन्छु भनेर पार्टी फुटाउन खोजेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “अवको चुनावमा माधवकुमार नेपाल आफैँ सांसद बन्न सक्नुहुन्न, अरुलाई के बनाउनुहुन्छ ? टिकट त बसपार्कमा जति पनि छ नि ।” गल्ती महसुस गरेर आएमा पार्टीमा काम गर्ने वातावरण बनाउने उहाँले बताउनुभयो । तर गुटगत काम गर्ने छुट अब पार्टीमा कसैलाई नदिइने उहाँले चर्चा गर्नुभयो । जनतातिर फर्केर गल्ती गरेको आत्मालोचना गरेमा नेता नेपाललाई माफी दिइने उहाँले बताउनुभयो । “सहने योटा हद हुन्छ, मेरो विरुद्धको सबै आरोप सहन्छु तर पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने सहिन्न, पार्टीमाथि धावा बोल्नुभयो भने ठेगान लगाइनेछ ।” उत्पीडन विरुद्धको आन्दोलन उपलब्धि पूर्णरुपमा अघि बढेको र अझै सचेत प्रयास जारी रहेको उहाँले बताउनुभयो । स्पष्ट नीति र कार्यक्रमहरुका साथ अगाडि बढेर जातीय उत्पीडन अन्त्य गर्नेछौं प्रधानमन्त्री ओलीले भन्नुभयो, “जातीय भेदभाव, उत्पीडनको अन्त्यलाई सफलतापूर्वक अघि बढाएका छौं, अझै बढाउँदै जानेछौं ।” यस आन्दोलनलाई असफल बनाउन विभिन्न प्रतिक्रियावादी शक्तिहरु लागेको पनि उहाँले चर्चा गर्नुभयो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विधि र प्रक्रियामा आएर सरकार ढाल्न चुनौति दिनुभयो । “तपाईंहरुले दिएको समर्थन औपचारिक रुपले संसदीय प्रक्रियाअनुसार फिर्ता लिनुस् कोही बात छैन, प्रधानमन्त्रीज्यूले संसदबाट विश्वासको मत लिनुहुन्छ । विश्वास पाए सरकारमा रहनुहोला, नपाए राजीनामा दिनुहोला ।” राजनीतिक अस्थिरताका कारण नेपाल देश गरिब हुनै नपर्ने देश गरिब भएको चर्चा गर्नुभयो ।

Nabintech