१२ बैशाख २०८१, बुधबार
काँग्रेस कोहलपुर नगर सभापतिका उम्मेद्धवार को हुन् बिरेन्द्र कुमार शाह ?

  • टाइम्स संवाददाता

  • १ मंसिर २०७८, बुधबार २२:३४

नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिको निर्वाचन मंसिर २ गते हुँदैछ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा कोहलपुरमा दुई टिम बिच प्रस्तिपर्धा हुने भएको छ । नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिका लागि बिरेन्द्र कुमार शाहको नेतृत्वमा एउटा टिम निर्वाचनमा होमिएको छ । नेपाली काँग्रेसका यूवा नेता समेत रहेका शाहको राजनीतिक र सामाजिक जीवन कस्तो छ त ?
नेपालको दुर्गम, पिछडिएको जिल्लाका रुपमा रहेको रुकुम जिल्लामा बि.स.२०२३ साल असार २३ गते शाहको जन्म भएको हो । बुवा रत्न बहादुर शाह र आमा टिकाकुमारी शाहको शुपुत्रका रुपमा जन्मेका शाहका २ छोरा १ छोरी छन् । रुकुम जिल्लाबाटै २०४० सालमा एसएलसी पास गरेका शाहले २०४० सालमै रुकुम जिल्लामा शिक्षकको रुपमा काम गरेका थिए । आईए सम्म उच्च शिक्षा हासिल गरेका शाहलाई माओवादीको जनयुद्धमा विस्तापित गरिएको थियो । २०५४ सालमा रुकुम जिल्लामा नेपाल शिक्षक संघको सदस्यता लिएकै कारण माओवादीले शाहलाई विस्तापित गरेका थिए । माओवादीले विस्तापित गरेपछि उनी तत्कालिन कोहलपुर गाविस वडा नं. ४ (हाल कोहलपुर–१२) चप्परगौडिमा आएर बसोबास गरे । कोहलपुरमा आएर काँग्रेसको राजनीति सँगसँगै विभिन्न संघसंस्थामा आवद्ध भई आफुले प्राप्त गरेको जिम्मेवारी पुरा गरेका छन् । कोहलपुर–१२ मा रहेको ज्ञानज्योति मावि चप्परगौडिको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा २०६६ सालदेखि २०७२ सालसम्म २ कार्यकाल वि.व्य.स.को अध्यक्षका रुपमा कार्यसम्पदान गरेका छन् । वि.व्य.स.को अध्यक्ष भएसँगै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नुका साथै विद्यालयको भौतिक विकासका लागि नेतृत्वदायि भूमिका खेले । साथै उनी बागेश्वरी यातायात प्रालि कोहलपुरको कोषाध्यक्ष हुँदै हाल सो संस्थाको उपाध्यक्षका रुपमा व्यवसायिक नेतृत्व गरिरहेका छन् । यसका साथै उनले नेपाल टे«ड यूनियन बाँकेको अध्यक्ष भई श्रमजीविको पक्षमा विभिन्न समय संघर्ष गरेका छन् । नेपालका श्रीमकहरुलाई राज्यले उचित रुपमा सम्बोधन गर्नुपर्ने माग राख्दै आएका शाह हाल नेपाल टे«ड यूनियनका केन्द्रिय सदस्यका रुपमा जिम्मेवारी लिएका छन् । साथै उनी नेपाली काँग्रेसको कोहलपुर गाविस कोषाध्यक्ष हुँदै १२ औं महाधिवेशनबाट पार्टीको सदस्यता लिएर काँग्रेसको राजनीतिमा आफ्नो जीवन समर्पित गरेका छन् । यसका साथै स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगरपालिका वडा नं. १२ को वडा अध्यक्ष पदमा निर्वाचनमा लडेका शाह सो निर्वाचनमा उपबिजेता बनेका थिए । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा कोहलपुर नगर सभापति पदका उम्मेद्धवार बनेका शाह नेपाली काँग्रेस भित्र मिलनासर, गतिशिल, स्पष्ट बैचारिक दृष्टिकोण भएका लोकप्रिय यूवा नेताका रुपमा चिनिन्छन् । काँग्रेसका आम कार्यकर्ताहरुले बिरेन्द्र शाहलाई पार्टीको नेतृत्व तहमा पु¥याउँदा पार्टीको संगठन चलायमान हुने विश्वास गरेका छन् ।
कोहलपुरमा नेपाली काँग्रेसको संगठनलाई चलायमान, संगठित र आम कोहलपुरबासीको सपनासँग पार्टीलाई जोड्ने उद्देश्य लिईएको उनी बताउँछन् । पार्टीका आम नेता तथा कार्यकर्ताहरुको भावना अुनसार पार्टीलाई गतिशिल बनाउनका लागि आफ्नो टिमलाई नेतृत्व तहमा पु¥याउन आम नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । राजनीतिक जीवनलाई सामाजिक जीवनका रुपमा बुझेका शाहले पार्टीमा आवद्ध सबै नेता तथा कार्यकर्ताहरुलाई जनताको पक्षमा काम गर्न प्रोत्साहन गर्ने अठोट लिएका छन् । विशेष गरी कोहलपुर काँग्रेसलाई आधुनिक, बलियो र जनताको काँग्रेस बनाउने उनीसँग एउटा संकल्पसहितको आत्माविश्वास छ । पार्टी भित्र र अन्य संघसंस्थाहरुमा पाएको जिम्मेवारी कर्तव्यबोधका साथ निर्वाह गरेको अनुभवलाई पार्टीको आन्तरिक संगठन निर्माणमा प्रयोग गर्ने संकल्प लिईएको उनी बताउँछन् ।

Nabintech