७ बैशाख २०८१, शुक्रबार
कांग्रेसका पूर्वसांसद कृष्णसिंह परियारको निधन

  • टाइम्स संवाददाता

  • ४ असार २०७८, शुक्रबार १३:१८

पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ । नेपाली कांग्रेसका नेता परियारको ७५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको क्षेत्रीय सभापति माधव केसीले जानकारी दिए । उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । उनको बाँकेको नेपालगञ्जस्थित निवासमै निधन भएको हो । उनी २०४८ सालमा सांसद निर्वाचित भएका थिए । परियार निष्ठावान नेताका रूपमा चिनिन्छन् । प्रतिबन्धितकालमा उनले नेपाली कांग्रेस बाँकेको सचिव भएर काम गरेका थिए ।

Nabintech