१६ चैत्र २०८०, शुक्रबार
कांग्रेस कोहलपुर नगर सभापतिमा विरेन्द्र शाह निर्वाचित

  • टाइम्स संवाददाता

  • ३ मंसिर २०७८, शुक्रबार १८:२५

नेपाली कांग्रेस कोहलपुर नगरपालिकाको नगर सभापतिमा विरेन्द्र कुमार शाह निर्वाचित भएका छन् । प्रतिद्वन्दी राजेन्द्र श्रेष्ठलाई १६ मतान्तरले हराउँदै शाह नगर सभापतिमा निर्वाचित भएका हुन् । संस्थापन इतर समूहका शाहले संस्थापन समूहका श्रेष्ठलाई हराएका हुन् । शाहले १६० मत पाए भने श्रेष्ठले १४४ मत पाएका छन् । शाहसहित उनको पूरै प्यानल निर्वाचित भएको छ । उपसभापतिमा भरत शर्मा र सुशील सापकोटा विजयी भएका छन् । शर्माले १६७ मत पाउँदा सापकोटाले पनि १६७ मत पाएका छन् । उनीहरुका प्रतिद्वन्दी चेतकान्त भट्टराईले १३९ र अंशुमान चौधरीले १२८ मत पाए । सचिवमा शाह प्यानलकै बालकुमार शर्मा र गोविन्द वाग्ले निर्वाचित भएका छन् । शर्माले १८१ मत ल्याउँदा वाग्लेले पनि १८१ मत नै पाएका छन् । उनीहरुका प्रतिद्वन्दी भूमबहादुर भण्डारीले १३२ मत र भुपेन्द्र शाहीले १०६ मत पाए । त्यस्तै सहसचिवमा महेश कुमार चौधरी १७७ र रामु लम्साल १५० मतका साथ विजयी भएका छन् । प्रतिद्वन्दी कृष्णकुमार पुन मगर १३८ र कमल बहादुर शाहीले १२९ मत पाए ।

हेर्नुस् सबै उम्मेदवारहरुको मत परिणाम

No description available.

Nabintech