१२ बैशाख २०८१, बुधबार
किसानलाई प्रोत्साहन अनुदान प्रतिफल रकम हस्तान्तरण

  • टाइम्स संवाददाता

  • २८ असार २०७८, सोमबार १६:२०

बाँकेको राप्तीसोनारी वडा नं. ९ का किसानलाई प्रोत्साहन रकम वितरण गरिएको छ । कोहलपुर–१०मा रहेको ए–वान डेरीमा दुध जम्मा गर्ने किसानलाई प्रतिलिटर दुई रुपैयाँका दरले किसानलाई प्रोत्साहन रकम हस्तान्तरण गरिएको छ । ए–वन डेरी उद्योग कोहलपुरको आयोजना र लुम्बिनी प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र भेटेरिनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र बाँकेको सहयोगमा ए–वान डेरीमा दुध जम्मा गरेका किसानलाई प्रतिलिटर दुई रुपैयाँका दरले राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का किसानलाई रकम उपलब्ध गराईएको छ । सो प्रोत्सान रकम हस्तान्तरण गर्दै भेटेरिनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र बाँकेकी प्रमुख कमला अधिकारीले राज्यले किसानहरुलाई विभिन्न क्षेत्रबाट सम्मान गर्ने नीति लिनुपर्ने बताएकी छिन् । साथै उनले किसानले जनताको माग अनुसारको दुध उत्पादन गरी आपूर्ति गर्नुपर्ने बताईन् । ए–वान डेरी उद्योगका प्रमुख सन्तोषराज पौडेलले कोहलपुर नगपालिका र राप्तीसोरी गाउँपालिका वडा नं. ९ मा रहेका किसानहरुलाई प्रोत्साहन स्वरुपमा प्रतिलिटर दुई रुपैयाँ दरले रकम बैंक माफर्त उपलब्ध गराईएको बताएका छन् ।
सेन्चुरी बैंक शाखा कार्यालय कोहलपुरका प्रबन्धक प्रदिप खरेलले बैंकिक सारक्षता अन्तर्गत रु ५मा किसानहरुको खाता खोलिएको र निशूल्क एटीएम कार्ड उपलब्ध गराएको बताउँदै किसानले दुख गरी कमाएको पैसा सुरक्षित हुनुपर्ने बताएका छन्। साथै १ सय२५किसानको खाता सेन्चुरी बैंकमा खाता खोलि दिएको उनले बताएका छन्। साथै उक्त कार्यक्रममा विभिन्न बचत खाता तथा विभिन्न कर्जाको बारेमा जानकारी गराउँदै सहुलीयतमा किसान र महिला उद्यमीकर्जाको बारेमा पनि जानकारी दिएका छन् । महादेवपुरी दुग्ध सहकारी संस्थाका अध्यक्ष गोकुल वलीले दुध उत्पादन बजारको माग अनुसार गर्न नसकिएको बताउँदै किसानलाई राज्यले राहतबाट सम्मानित गर्नुपर्ने बताएका छन् । कोहलपुर र राप्तीसोनारीका १ सय २५ जना किसानलाई यस वर्ष २ लाख ४३ हजार पाँच रुपैयाँ उपलब्ध गराईएको छ ।

Nabintech