१५ चैत्र २०८०, बिहीबार
कृष्ण माविको प्रअमा वली

  • टाइम्स संवाददाता

  • २१ भाद्र २०७८, सोमबार १६:५८

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ मा रहेको कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्याकमा दिलिप वली नियुक्ति भएका छन् । कोहलपुर नगरपालिकाले दरबन्दी मिलान अन्तर्गत तह अनुसारको शिक्षकलाई प्रअ बनाउने नीति अनुसार वली प्रअमा नियुक्त भएका छन् । नवनियुक्त प्रअ वलीले नमूना विद्यालयकाका रुपमा विकास गर्न सबैले साथ र सहयोग गर्न आग्रह सहेमत गरेका छ । साथै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि विशेष नीति लिने बताउँदै प्राविधिक शिक्षालाई प्राथमिकता दिई उच्च शिक्षाको हकका रुपमा विद्यालयलाई विकास गरिने बताएका छन् । साथै उनले शिक्षक, अभिभावक र विद्यार्थीहरु बिचको सहकार्यले शैक्षिक उन्नति र प्रगति हुने भएकाले विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, कर्मचारीले दिएको जिम्मेवारी पुरा गर्ने बताएका छन् । साथै विद्यालयको भौतिक, शैक्षिक विकासका लागि सबैले साथ र सहयोग गर्न आग्रह समेत गरेका छन् ।

Nabintech