७ बैशाख २०८१, शुक्रबार
कोरोनाबाट बाँकेमा थप दुई जनाको निधन

  • टाइम्स संवाददाता

  • ६ असार २०७८, आईतवार ०७:५६

बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा एक जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जना गरी दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा टिकापुर नगरपालिका–१ कैलालीकी ७५ वर्षिया महिला र सितापुर भङा– ६ महोत्तरीका ४५ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केद्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३१० जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ४७ जनाको मृत्यु भएको छ ।

Nabintech