७ बैशाख २०८१, शुक्रबार
कोरोना भाईरस न्यूनिकरणका लागि स्थानिय सरकारले काम गरिरहेको छः नगर प्रमुख रावत

  • टाइम्स संवाददाता

  • १५ जेष्ठ २०७८, शनिबार १६:४७

बाँकेको कोहलपुर नगरपापिलकाले कोरोना भाईरसको न्यूनिकरणका लागि काम गरिरहेको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले बताएका छन् । १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश माफर्त कोहलपुर नगरपालिकाले आफ्ना नागरिकहरुलाई कोरोना भाईरसबाट बचाउनका लागि हरसम्भव कार्यहरु गरिरहेको जानकारी दिँदै कोरोना भाईरसको न्यूनिकरणका लागि स्थानिय सरकारले विभिन्न कामहरु गरिरहेको बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकाले कोरोना संक्रमितहरु होम आईसोलेसन बसिरहेको अवस्थामा कोहलपुर नगरपालिकाले स्वास्थ्यकर्मी सहितको सेवा प्रदान घरमै पुगेर गरिहेको शुभकामना सन्देशमा नगरप्रमुख रावतले उल्लेख गरेका छन् । साथै कोरोना भाईरसको नयाँ भेरियन्टको महामारीबाट जोगिन नेपाल सरकारले लागु गरेको स्वास्थ्य सम्बन्धी नियमको पालना गर्न सबै कोहलपुरनगरबासीलाई आग्रह गर्दै आम सबै नागरिकले लोकतन्त्र सुदृढीकरणमै रचनात्मक भूमिका निर्वाह गरेर मात्र मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ट चाहानालाई साकार पार्न सकिने बताएका छन् । नगरप्रमुख रावतले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुमा गणतन्त्रको संस्थागत विकासका लागि आवशयक सहकार्य आवश्यक रहेको बताएका छन् ।

Nabintech