१६ चैत्र २०८०, शुक्रबार
कोरोना महामारीका कारण बाँकेका चार दर्जन होटल बन्द

  • टाइम्स संवाददाता

  • २५ भाद्र २०७८, शुक्रबार १७:१२

कोरोना भाइरस महामारीका कारण बाँकेका करिव चार दर्जन होटल व्यवसाय बन्द भएका छन् । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण साना र मध्यम खालका होटल बन्द भएका हुन् । लकडाउन र निषेधाज्ञा हटेपनि होटल व्यवसायी भने तंग्रीन नसकेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए । उनले होटल व्यवसायलाई जोगाउनै मुस्किल परेको बताए । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै १ हजार ५ सय होटल सञ्चालनमा रहेको कँडेलले जानकारी दिए । होटल व्यवसाय बन्द हुँदा यसमा आबद्ध कामदार विस्थापित भई बेरोजगार भएका छन् । बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्तासँगै घरपरिवार नै कसरी चलाउनेसम्मको अवस्थामा पुगेको उनको भनाई छ । सडक यातायातको प्रयोग गरी नेपालगन्ज नाकाबाट हजारौं पर्यटक नेपालगञ्ज भित्रिने गरेका थिए । तर नाका बन्द भएका कारण त्यसको सोझो असर होटल व्यवसायमा परेको छ ।

Nabintech