१५ चैत्र २०८०, बिहीबार
कोहलपुरमा राष्ट्रिय यूवा संघ र अनेरास्ववीयूको विरोध प्रर्दशन

  • टाइम्स संवाददाता

  • ८ श्रावण २०७८, शुक्रबार ०७:३९

कोहलपुरमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले विरोध प्रद्र्धशन गरेका छन् । नेकपा एमालेको भातृय संगठन राष्ट्रिय यूवा संघ नेपाल बाँके, कोहलपुर नगर कमिटी र अनेरास्ववियु नगर कमिटीको संयुक्त आयोजनामा राके जुलुस निकालिएको हो । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा सर्वोच्च अदालतले जारी गरेको परमादेश विरुद्ध सर्वोचका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको पुत्ला दहन गरेका थिए । नेकपा एमालेको सरकार ढाल्नु र विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिका प्रति आक्रोशमा यूवाहरुले नेता नेपालको पुत्ला समेत दहन गरिएको राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य खेमराज शर्माले जानकारी गराएका छन् । राके जुलुस कोहलपुर न्यूरोडबाट शुरु गरि कोहलपुर चौराहमा कोण सभामा परिणत गरिएको थियो । कोण सभालाई राष्ट्रिय युवा संघ नेपालका सचिव रबिन्द्र लम्साल, राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य खेमराज शर्मा, अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन घिमिरे लगायतले सम्बोधन गरेका थिए ।

Nabintech