६ बैशाख २०८१, बिहीबार
कोहलपुरका केहि विद्यालयहरुमा लुकिछिपि भौतिक कक्षा संचालन…

  • टाइम्स संवाददाता

  • २३ असार २०७८, बुधबार १३:३९

बाँकेको कोहलपुर नगरपालिका भित्रका संस्थागत विद्यालयहरु संचालनमा आएको पाईएको छ । कोरोना भाईरसका कारण जारी निषेधज्ञामा नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय बाँकेले शैक्षिक संघसंस्थाहरु बन्द गर्ने निर्णय गरेको भए पनि कोहलपुर नगर भित्रका केहि संस्थागत विद्यालयहरु लुकिछिपि संचालन भईरहेको पाईएको छ । विशेष गरी अनलाईन माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप गर्न सरकारले अनुमति दिएपनि प्रक्ष्यक्ष रुपमा विद्यार्थीहरु कक्षा कोठामा सहभागि भएर तत्काल विद्यालय संचालन गर्न रोक लगाएको छ । तर कोहलपुरका केहि विद्यालयहरुले बिहान १० बजेदेखि १२ बजेसम्म विद्यार्थीहरुलाई विद्यालयमा बोलाएर कक्षा कोठामै शिक्षण सिकाइ क्रियाकलाप संचालन गरिरहेको पाईएको छ ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिका भित्र विद्यालय संचालन गरेको आफुलाई कुनै पनि जानकारी नआएको र विद्यालय संचालन भएको भए विद्यालयलाई कानून अनुसार कारवाही गरिने बताएका छन् । कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यार्थीहरुलाई कक्षा कोठामा सहभागि गराई पठन पाठन गराउन सक्ने अवस्था नभएकाले कोहलपुर नगर भित्रका विद्यालयहरुले भौतिक रुपमा विद्यार्थीहरुलाई उपस्थित गराई कक्षा संचालन गरेको पाईएमा संक्रमण रोग ऐन अनुसार कारवाही हुने बताएका छन् ।
कोहलपुर नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले केहि विद्यालयहरुले विद्यार्थीहरुलाई विद्यालयमा बोलाएर कक्षा संचालन गरिरहेको जनगुनासो आएकाले सोबारे छानविन गर्ने बताएका छन् । साथै कोहलपुर नगरपालिकाले अनुगन गरेर अनुगमन टोलिबाट आएका सुझावलाई आधार मानेर विद्यालयहरुलाई के गर्ने भन्ने कुराको टुङ्गो लाग्ने उनले बताएका छन् । सरकारले नै भौतिक रुपमा कक्षा संचालन गर्न तत्काल सम्भव नभएको भन्दै वैकल्पिक माध्यमबाट पठन पाठन गर्न निर्देशन जारी गरेको भन्दै नियम र कानून भित्र रहेर विद्यालय संचालन हुनुपर्ने बताएका छन्
। साथै क्रिसा बाँकेको निवर्तमान अध्यक्ष शिव डाँगिले कोहलपुर नगरपालिका भित्रका साना तथा ठुला गरी १५ देखि २० वटा विद्यालयहरुले बिहान १० बजेदेखि १२ बजेसम्म विद्यालय संचालन गर्ने गरेको पाईएको बताएका छन् । अनलाईनको सुविधा नभएका विद्यार्थीहरुलाई विद्यालयले कक्षा कोठामा राखेर पठनपाठन गर्ने गरेको जनगुनासो आईरहेकाले सम्बन्धित निकायले यस तर्फ विशेष ध्यान दिनुपर्ने बताएका छन् । कोरोना भाईरसको महामारी कायमै रहेकोले विद्यार्थीहरुको जीवन तलमाथि भए त्यसको जिम्मेवारी कसले लिने भन्दै तत्काल त्यस विद्यालयहरुको छानविन गरी कारवाही गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् । कोरोना भाईरसको तेस्रो लहरको उच्च जोखिम बढिरहेको विज्ञले बताईरहेको बेला कोहलपुरका संस्थागत विद्यालयहरुले भौतिक रुपमा विद्यार्थीहरुलाई विद्यालयमा सहभागि ग राई पठनपाठन गराउनु स्वास्थ्यका दृष्टिकोणबाट सहि नभएकाले तत्काल ति विद्यालयहरु बन्द हुनुपर्ने कतिपयको भनाई रहेकोछ ।

Nabintech